Mp3

Listen Online

हाम्रो बारेमा

शान्ति समानता र सदाचारका लागि सामुदायिक संचार रेडियो रामेछाप सामुदायिक एफ.एम. ९५.८ मेगाहर्ज रामेछाप जिल्ला र अन्य केहि बाहिरी जिल्लाहरुका संचारकर्मी, शिक्षक, व्यवसायि तथा अन्य विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व वहन गरिरहनुभएका व्यक्तिहरुको सामुहिक लागानिमा संचालित सामुदायिक रेडियो हो ।

              श्री सुक्ष्म संचार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित यस रेडियोले प्रशारण गर्ने सबै कार्यक्रमहरु पूर्णरुपमा समुदायमा केन्द्रित रहने छन् । रामेछाप जिल्ला र आसपासका जिल्लाहरु दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, ओखलढुंगा, खोटाङ, उदयपुर, सोलुखुम्बु , धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, ललितपुर, भक्तपुर लगायत काठमाडौँका केहि स्थानहरुमा र अन्य जिल्लाहरुको केहि भागहरुमा यस रेडियो स्पष्ट सुन्न सकिन्छ । समुन्द्रि सतहबाट १९३० (मिटर) उचाईमा रहेको रामेछाप जिल्लाको सुकाजोर गाविस वडा नंं–९ भालुखोप डाँडामा यस रेडियोले आफ्नै जग्गामा टावर स्थापना गरि सदरमुकाम मन्थली रामेछापमा स्थापना गरिएको स्टुडियो मार्फत एसटिएल लिंकबाट आफ्नो कार्यक्रमहरु प्रशारण गरिरहेको छ । यस रेडियो ईटलिबाट ल्याईएका अत्याधुनिक उपकरणहरुको प्रयोगबाट प्रशारण भईरहेको छ ।

               सूचना तथा संचार मन्त्रालयबाट मिति २०६९/०८/१४ गते हाम्रो यस श्री सुक्ष्म संचार सहकारी संस्था लि. (रेडियो रामेछाप) ले प्रशारणको ईजाजतपत्र  प्राप्त गरि मिति २०६९/११/११ गतेबाट आफ्नो प्रशारण शुभारम्भ गरेको हो । सूचना, शिक्षा, कृषि,स्वास्थ्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रशारण गर्न पाउने यस रेडियोको प्रसारण समय र समायावधि २४ सै घण्टा रहेको छ, भने रेडियोले राष्ट्र तथा राष्ट्रिय भाषामा आफ्ना कार्यक्रम र समाचारहरु प्रशारण गर्न पाउने छ । हामीले प्रशारण गर्ने कार्यक्रमहरुले साना बालकदेखि वृद्धसम्म र गाउँ देखि केन्द्रसम्मलाई समेट्न महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।