Mp3

Listen Online

मालपोत कार्यालयमा १ करोड ५४ लाख भन्दा बढी राजस्व रकम संकलन ।
मालपोत कार्यालयमा १ करोड ५४ लाख भन्दा बढी राजस्व रकम संकलन ।

रामेछाप जिल्ला मालपोत कार्यालयमा आर्थिक बर्ष २०७१/७२ मा १ करोड ५४ लाख १ हजार ५ सय ६७ राजस्व रकम संकलन भएको छ । जसमा रजिष्टेशन शुल्क १ करोड ३० लाख १२ हजार ७ सय ८२ , सेवा शुल्क १५ लाख २९ हजार ९ सय २०, रोक्का दस्तुर ४ लाख २२ हजार ५५, न्यायीक दस्तुर ३ लाख ४४ हजार ३ सय ७०, पुर्जा तथा फारम दस्तुर १ लाख १२ हजार ४ सय ४० लगायत अन्य शीर्षकको राजश्व सहित कार्यलयमा उक्त राजश्व संकलन भएको मालपोत कार्यालय रामेछापका सुचना अधिकारी उद्धव प्रसाद घिमिरे जानकारी दिए ।

सरकारले महिला, दलित तथा जनजाति, अपाङ्गलाइ जग्गाको रजिष्टेशन शुल्कमा विशेष छुटको नीति ल्याए सँगै रामेछाप जिल्लामा महिलाको नाममा लालपुर्जा बनाइ जग्गा पास गर्नेको संख्या समेत बृद्धि हुदै गएको पाइएको छ । सरकारले महिलाको नाममा जग्गा पास गर्दा नगरपालिकाभित्रको जग्गा भए २५ प्रतिशत र गाबिसभित्रको भए ३० प्रतिशत राजश्व शुल्क छुटको व्यवस्था गरेको होे । जनचेतना बृद्धि हुदै जानु र जमिनमा महिलाका स्वामित्व बढाउन छुट पाईने भए पछि महिलाहरुको नाममा जग्गा पास गर्ने क्रम निरन्तर बढदै गएको हो ।

जिल्लामा यस आर्थिक बर्षमा १ हजार १ सय २८ महिला, ३९ दलित र २ अपाङ्गको नाममा समेत रजिष्टेशन पास भएको छ भने रजिष्टेसन शुल्क बापत महिलाले २२ लाख १३ हजार ५ सय ८०, दलितले १ लाख ५ हजार ७ सय ८६, अपाङ्गले ११ हजार ६१ राजस्व रकम छुट पाएको मालपोत कार्यालयका नायब सुब्बा तथा सुचना अधिकारी घिमिरेले बताए । सरकारले नयाँ नगरपालीका घोषणासँगै रामेछापमा २ नगरपालीका बनेपछि राजश्व रकम अघिल्लो बर्षको भन्दा बढेपनि विनासकारी भुकम्पका कारण जग्गाको कामकाजमा प्रभाव परेकाले अपेक्षा अनुसार राजश्व रकममा भने बृद्धि हुन नसकेको मालपोत कार्यलयले बताएको छ । मालपोत कार्यालय रामेछापमा अघिल्लो आर्थिक बर्षमा १ करोड २७ लाख ५० हजार राजस्व रकम जम्मा भएको थियो ।