Mp3

Listen Online

नेपाल टेलिकम मन्थली रामेछापमा ९८ लाख आम्दानी ।
नेपाल टेलिकम दुरसंचार कार्यालय रामेछापले आर्थिक बर्ष २०७१÷७२ मा ९८ लाख २० हजार ३ सय ६५ रुपैया भन्दा बढि रकम संकलन गरेको छ । टेलिकमले सिमकार्ड र इन्टरनेट वितरणवाट उक्त रकम संकलन गरेको हो । टेलिकमवाट यस आर्थिक बर्षमा ९ हजार ५ सय ४ सिमकार्ड वितरण भएको नेपाल टेलिकम मन्थलीले जनाएको छ । कार्यलयवाट  जिएसएम प्रिपेडकोे ७ हजार ९ सय ३१ , पोष्टपेडको २ सय ८५ र स्काई सिडिएमएको १ हजार २ सय ८८ सिमकार्ड वितरण भएको नेपाल टेलिकम मन्थली रामेछापका कार्यलय प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
 
 उनका अनुसार यस आर्थिक बर्षमा ल्यान्ड लाइन (पिएसटिएन)वाट ४३ लाख ६१ हजार ७ सय ७६, जिएसएम प्रिपेड सिम कार्डवाट २६ लाख ५० हजार ३६ र स्काई सिडिएमए सिमकार्डवाट १२ लाख ८३ हजार ३ सय ७४ रुपैयाँ आम्दानी भएको छ । त्यसैगरी इन्टरनेट सेवा उपलब्ध गराएवापत टेलिकमले एडिएस्एल वाट १४ लाख ९५ हजार ९ सय ६४ र वाइम्याक्सवाट २९ हजार २ सय १५ दस्तुत लिएको कार्यालय प्रमुख भण्डारीले बताए ।