Mp3

Listen Online

राहात रकम लिनेलाई छानविन गर्ने जिल्ला दैवि प्रकोप उद्धार समिति रामेछापको भनाइ
राहात रकम लिनेलाई छानविन गर्ने जिल्ला दैवि प्रकोप उद्धार समिति रामेछापको भनाइ

                   जिल्ला दैवि प्रकोप उद्धार समिति रामेछापले झुटा विवरण पेस गरि राज्यले उपलब्ध गराएको भुकम्प पिडित परिचयपत्र र राहात रकम लिनेलाई छानविन गर्ने भएको छ । गएको बैशाख १२, १३ र २९ गते गएको महाविनाशकारी भुकम्प र त्यसपछिको पराकम्पबाट पुर्ण रुपमा क्षति भएको भुकम्प पिडितलाई नेपाल सरकारले आवास निर्माणका लागी १५ हजार रुपैया वितरण गरेकोे थियो ।  सरकारले वितरण गरेको भुकम्पपिडित परिचयपत्र र राहत रकम लिन झुठा विवरण पेश गरी लिएको जनगुनासो आएकाले भदौ १५ भित्र सम्बन्धीत नगरपालीका वा गाविसका नागरिकहरुले भुकम्पपिडित परिचय पत्र र नगद १५ हजार फिर्ता गर्न जिल्ला दैवि प्रकोप उद्धार समिति रामेछापले अनुरोध गरेको छ । 

 

                     धेरै ठाँउमा भुकम्पलाई बहाना बनाएर झुठा विवरण पेश गरेको उजुरी परेको र व्यापकरुपमा जनगुनासो आएपछि जिल्ला दैवि प्रकोप उद्धार समिति रामेछापले यस्तो निर्देशन दिएको हो । समितिले सूचना र आग्रहलाई व्यवास्था गरे झुटा विवरण पेश गरि परिचय पत्र प्राप्त गर्ने व्यक्ति,सो कार्यमा सहयोग गर्ने, साक्षी बस्ने र सर्जमिन गरिदिने सबैलाई नेपाल सरकारबाट स्वीकृत कार्यदेशको परिधिभित्र रहि अनुसन्धान गरि कानुन बमोजिम कारबाहि गरिने चेतावनी पनि दिएको छ । साथै कुनै व्यक्तिको दुई ठाँउमा घर भएको तर एक ठाँउको मात्र क्षति भएको र अर्काे ठाँउको सुरक्षित भएमा त्यस्ता व्यक्तिले कैफियत सहितको भुकम्पपिडित परिचयपत्र प्राप्त गर्न सके पनि नगद अनुदान भने नपाउने जिल्ला दैवि प्रकोप उद्धार समिति रामेछापले जनाएको छ ।

                          जिल्लाका कतिपय ठाँउमा एकै परिवारमा बसोबास गरेका बाबु, छोरा, बुहारीका नाममा परिचयपत्र बनाइ राहत लिएका छन् भने दुई ठाँउमा घर भएको तर एक ठाँउको मात्र क्षति भएको र अर्काे ठाँउको सुरक्षित भएकाहरुले भुकम्प पिडित परिचयपत्र सहित नगद पनि लिएको पाइएको छ ।