Mp3

Listen Online

दोरम्वा हत्याकाण्ड भएको १२ वर्ष पूरा ।
दोरम्वा हत्याकाण्ड भएको १२ वर्ष पूरा ।

   नेपाली जनतालाई प्रचण्ड र बाबुरामले धोका दिए : नेकपा माओवादी केन्द्रीय सदस्य बाबुराम गजमेर ।

रामेछापमा दोरम्बा हत्याकाण्ड भएको १२ वर्ष पुरा भएको छ । २०६० साल साउन ३२ गते तत्कालिन शाही नेपाली सेनाले दोरम्बामा २१ जना माओवादी कार्यकर्ताको हत्या गरेको थियो । रामेछापको दोरम्वा बजारभन्दा केही तल स्थानिय शिक्षक युवराज मोक्तानको घरमा त्यस दिन माओवादी कार्यकर्ताहरुको आन्तरिक छलफल चलिरहेको बेला मन्थलीबाट सेनाको टोलीले युवराजको घरमा घेरा हालेर २१ जनालाई नियन्त्रणमा लिएको थियो । समातिएका माओवादी कार्यकर्तालाई अनुसन्धान तथा सोधपुछ नै नगरी डाँडाकटेरी भन्ने स्थानमा लगेर गोली हानी हत्या गरिएको थियो । दोरम्बा हत्याकाण्ड भएको १२ बर्ष पूरा हुँदा पनि पीडक पक्षलाई कानुनी कार्वाही नगरिएको र आफूहरुलाई न्याय नमिलेको पीडितहरुले गुनासो गरेका छन् ।

यसैवीच दोरम्बा हत्याकाण्डको १३ औ स्मृति दिवसको अवसरमा  सोमबार विप्लब नेतृत्वको नेकपा माओवादी रामेछापले सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादीका केन्द्रीय सदस्य बाबुराम गजमेरले नेपाली जनतालाई प्रचण्ड र बाबुरामले धोका दिएको बताएका छन् । उत्पीडित, पिछडिएको बर्ग, किसान, मजदुरको हकहितका लागी लडेको एमाओवादी पार्टी पछिल्लो समयमा दलाल र नोकरशाहीसँग आत्मसमर्पण गरेर क्रान्तीको बाटो छाडेको बताए । गजमेरले शहिदहरुले देखाएको बाटो विर्सिएर सत्ताको लोभ र महलमा एमाओवादी नेतृत्व लाग्नुका साथै काग्रेस र एमालेसँग सम्झौता गर्न गएकाले आफूहरुले पार्टी फुटाएर बाहिर बस्नुपरेको धारणा राखे । उनले जनताको लामो सघर्ष र बलिदानवाट प्राप्त पहिलो संविधान सभा विघटन गरी दोस्रो संविधानबाट संविधान जारी गर्न लागेकोले जनताको पक्षमा संविधान नआउने टिप्पणी गरे । गजमेरले नयाँ सविधानको अन्य राष्ट्रको इसारामा आउन लागेकोले आफ्नो पार्टीले आन्दोलन गर्नुपरेको धारणा राखे ।

उनले क्रान्ती आफ्नो पार्टीको रहर नभइ बाध्यता भएका बताउदै नेपाली जनताको मुक्ति, न्याय र स्वतन्त्रताको लागी भएको बताए । अब केहि दिनमा नै संविधान जनताको पक्षमा रहे नरहेको स्पष्ट हुने बताउदै गजमेरले संविधान पक्षधर एकातिर विपक्षी अर्को तिर हुने धारणा राखे ।

अहिले प्रमुख दलका नेताहरु विदेशीको इसारामा हिडेको बताउदै गजमेरले सीमा मिचिदा सम्म चुप लागेर बसको र आफूहरु लिपुलेक हाम्रो हो भन्दै आन्दोलन गर्दा आन्दोलनलाई दबाउन खोजेको धारणा राखे । उनले जनताको स्वतन्त्रता र खुसि विरुद्ध कोहि आए त्यसको विरुद्ध लड्न तयार रहेको बताए ।  गजमेरले दोरम्बा हत्याकाण्ड गराउनेहरुलाई कारवाहि गर्नुको साटो सरकारले संरक्षण गरेको धारणा राख्दै उनले यस तर्फ मानवअधिकारकर्मीको ध्यान पुग्नुपर्नेमा पुग्न नसकेको गुनासो टिप्पणी गरे । कार्यक्रम नेकपा माओवादी रामेछापका नेता तिर्थबहादुर कार्कीको सभाध्यक्षमा भएको थियो