Mp3

Listen Online

अज्ञात रोगले विद्यार्थी विरामी परेपछि प्रगतिशिल उमावि भिरपानीको पठनपाठन प्रभावित
अज्ञात रोगले विद्यार्थी विरामी परेपछि  प्रगतिशिल उमावि भिरपानीको पठनपाठन प्रभावित
भदौ ३,रेडियो रामेछाप ।
अज्ञात रोगका कारण रामेछाप जिल्लाको भिरपानी गाविस स्थित वडा नं ५ मा रहेको प्रगतिशिल उमाविका विद्यार्थी विरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ । दुइ हप्ता अगाडिदेखि दैनिक १८ जना विद्यार्थीहरु विरामी पर्न थालेका छन् ।
कक्षा कोठा भित्र अध्ययन गरिरहेको समयमा एक्कासी बेहोस हुने, बरबराउने, रुने, कराउने र तुरुन्तै हात खुट्टा कमाउदै बर्बराउने खालको लक्षण विद्यार्थीमा देखिएको प्रधानाध्यापक दीपेन्द्र राउतले जानकारी दिनुभयो ।१ महिना अगाडि २ जना विद्यार्थीमा उक्त लक्षण देखीएपनि साउन २३ गतेबाट भने दैनिक १८ जना विद्यार्थी विरामी परेको राउतले बताउनुभयो । कोठामा पढाउँदा पढाउँदै ढल्ने गरेको र  एकान्त कोठामा राखेपछि केहि घण्टापछि आफै ठीक हुने गरेको उहाँले बताउनुभयो । बिरामी पर्नेमा १० देखि १६ वर्ष उमेर समूहका सबै छात्राहरु रहेका छन् । 
 
यस्तो अज्ञात रोग लागेपछि शिक्षक, विद्याथी र अभिभावक चिन्तित भएका छन् । विरामीलाई धामि झाक्री र अस्पतालतिर लगेर उपचार गरेपनि केहि समय निको हुने र फेरि उस्तै हुने गरेको अभिभावकको भनाई छ । दैनिक जसो विद्यार्थी विरामी पर्दै गएकाले साउन २४ गतेवाट एक हप्ताका लागी विद्यालय बन्द गरेर खोलेपनि समस्या उस्तै रहेको विद्यालयका शिक्षक उतेन्द्र खड्काले बताउनुभयो । विद्यालयमा विद्यार्थी विरामी पर्न थालेको जानकारी दिएपछी जिल्ला जनस्वास्थ्य कार्यलय रामेछाप र भीरपानी स्वास्थ्य चौकीका डाक्टरहरु विहीबार विद्यालयमा पुगेर विद्यार्थीलाई मनोपरामर्स दिएको भए पनि मरामर्स दिदै गर्दा विद्यार्थी बेहोस भएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुमा मास हिस्टेरिया भएको हुन सक्ने विद्यालयमा पुगेका डाक्टरहरुले बताएका छन् ।