Mp3

Listen Online

नयाँ संविधानमा सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रावधान राखिएकोमा पत्रकार महासंघ असन्तुष्ट
भदौ १०/ रेडियो रामेछाप 
नेपाल पत्रकार महासंघले संविधानको परिमार्जित विधेयकमा सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने खालका प्रावधान कायमै राखिएकोमा आपत्ती जनाएको छ । संविधानको पछिल्लो विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी प्रावधानको विषयमा भएको छलफलमा पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नयाँ संविधानलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन राजनीतिक दलका शीर्ष नेतृत्व तथा संविधानसभाका अध्यक्षले प्रतिबद्धता जनाएपनि विधेयकमा त्यसअनुसार संशोधन नभएको बताउनुभयो ।प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले विधेयकमा काउन्सिल बाहेकको अर्को नियमनकारी निकाय खडा गर्न खोजिएको भन्दै संसोधनका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । 
 
कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईले मस्यौदा विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी प्रावधान सञ्चार मन्त्रालयकै योजनाअनुसार आएको हुनसक्ने आशंका गर्दै त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।गुरागाईले प्रदेशहरूबीच श्रोत उपयोगको विषयमा हुने विवादको समाचार समेत दिन बन्देज लगाउन सक्ने र कालान्तरमा सबै एफ एम रेडियो बन्द गर्ने नियतले कतिपय गलत प्रावधान राखिएको आशंका गर्नुभयो ।सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष मोहन चापागाईले गालि, वेइज्जतीको विषयलाई समेत संविधानमा राखेर प्रेसमाथि प्रतिवन्ध लगाउन खोजेको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।