Mp3

Listen Online

खेलकुद विकास समितिमा नयाँ पदाधिकारीलाई स्वागत ।
खेलकुद विकास समितिमा नयाँ पदाधिकारीलाई स्वागत ।
भाद्र १०, रेडियो रामेछाप ।
रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले राष्ट्रको लागी, विकासको लागी, अनुशासनको लागी र मानव स्वास्थ्यका लागी खेलिने बताएका छन् । जिल्ला खेलकुद बिकास समिती रामेछापले विहिबार सदरमुकाम मन्थलीमा आयोजना गरेको नयाँ पदाधिकारीहरुको स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख जिल्ला अधिकारी दाहालले खेल महत्वपूर्ण फाँट भएकाले खेलकुदको माध्यमबाट युवाहरुलाई खेलकुदको क्षेत्रमा आकर्षित गराउन, अनुशासनमा लैजान, र समग्र राष्ट्रलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सकिने बताए ।
उनले खेलकुदका माध्यमबाट देशको इज्जत राख्नुपर्ने बताउदै खेलकुद सम्बन्द्ध निकायसँग समन्वय गरेर काम गर्न आग्रह गरे । दाहालले रामेछाप जिल्लाको खेलकुद क्षेत्रमा विकास गर्न सम्बन्धीत सबैले एकजुट भएर काम गर्नु पर्ने धारणा राखे । दाहालले देशमा खेलकुदको क्षेत्रमा विकास हुन लागेको र राष्ट्रले खेलकुदमा लगानी गरिरहेको बताउनुभयो । स्रोत साधनको अभावमा आसतित प्रगति हुन नसकेको बताए ।
कार्यक्रममा खेलकुद महाँसंघ रामेछापका अध्यक्ष पुरुषोतम कडेरियाँ सहितको नयाँ कार्यसमिती पदाधिकारीहरुलाइ सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष कडरियाले सिमित स्रोत साधनको विचमा पनि रामेछापको खेलकुदको विकास भएको हुदाँ अवका दिनमा आफ्नो टिमले जिल्लामा सम्वन्धीत निकायहरुसँग समन्वय गर्दै खेलहरुको आयोजना गर्ने र खेलाडीको क्षमता अभिवृदी गर्ने प्रतिबद्धता व्यक्त गरे ।