Mp3

Listen Online

सामाजिक परिचालनका समस्या समाधान गर्न कार्ययोजना आवश्यक : कटेल
सामाजिक परिचालनका समस्या समाधान गर्न कार्ययोजना  आवश्यक : कटेल
भाद्र १० / रेडियो रामेछाप ।
जिल्ला विकास समिति रामेछापका सामाजिक विकास अधिकृत गोबिन्द कटेलले पछिल्लो समय सामाजिक परिचालनमा देखिएका समस्याहरु केही कमी भएको बताएका छन् । विहिवार मन्थलीमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सरोकारवाला तथा स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना बीचको समन्वय कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अधिकृत कटेलले समस्यालाई पहिचान गर्दै सुधारको लागि स्थानीय सेवा प्रदायकहरु कार्य योजना सहित लाग्नुपर्ने बताएका छन् । 
 
त्यसैगरि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका जिल्ला शासन विज्ञ दिनेश कोइरालाले सोचेजति सामाजिक परिचालकहरुले कार्य नगरेको साथै सबै जिम्बेवार स्थानीय सेवा प्रदायकहरुलाई दिइसकेको हुँदा उपलब्धि ल्याउने गरी काम गर्नु पर्नेमा जोड दिए । 
कार्यक्रममा स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना जिल्ला परियोजना सहयोग इकाई रामेछापका जिल्ला संयोजक उमङ्ग मैनालीले चालु आ.व २०७२÷०७३ मा जिल्लाका ४५ गाविस तथा नगरपालिकाहरुमा कार्यक्षेत्र बनाई कार्यक्रम संचालन हुने बताएका छन् । कार्यक्रममा  सामाजिक परिचालकहरुको लागि नागरिकहरुको लागि अधिकारयुक्त सेवा तथा सुविधा, स्थानीय निकाय स्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधि ,सहभागीतात्मक योजना तर्जुमा प्रक्रिया र प्रस्तावना लेखनको तालिम संचालन गरी सामाजिक परिचालकहरुको माध्यमबाट रिफ्लेक्टमा उक्त विषयमा कक्षा संचालन गरिने बताए । त्यसैगरि महिला सामुदायिक स्वयंसेवक तथा रिपोटरहरु छनौट गरी विपन्न वर्गको लागि प्रस्तावना लेखनमा सहयोग गर्ने लगाएतका कार्यक्रमहरु रहेको जानकारी दिए ।
परियोजनाले संचालन गर्ने सामाजिक परिचालनसँग सम्बन्धित विभिन्न गतिविधिहरुको बारेमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका प्रतिनिधि तथा जिल्लाका कार्यक्रम संचालन गरिरेका स्थानीय सेवा प्रदायकहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।  कार्यक्रममा नयाँ नागरिक सचेतना केन्द्रहरु स्थापनाको कार्य छिटो सम्पन्न गर्ने, सामाजिक परिचालनको अनुगमनलाई ब्यवस्थित वनाउने लगाएतका निर्णय गरेको छ ।