Mp3

Listen Online

बिमल घर्तीलाई टेलिफोन गरेर प्रधानमन्त्रीले बधाई दिए
बिमल घर्तीलाई टेलिफोन गरेर प्रधानमन्त्रीले बधाई दिए
भदौ १४ – 
प्रधानमन्त्री सुशील कोइरालाले १९ बर्षमुनिको समूहमा सार्क विजेता बनेको नेपाली फुटबल टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ । कोइरालाले आइतबार बेलुकी नेपाली टोलीका कप्तान बिमल घर्तीलाई टेलिफोन गरी बधाई दिनु भएको हो । घर्ती आइतबार भारतको पुणेमा पुगेका छन् ।
टेलिफोनमा प्रधानमन्त्री कोइरालाले साफ विजेता बनेर नेपाली टोलीले यस क्षेत्रमा राष्ट्रिय प्रतिष्ठा उचो बनाएकोमा आफू गौरवान्वित भएको बताउँदै यो सफलताको लागि नेपाली टीमका कप्तान, प्रशिक्षक र समस्त टीमका सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो । उहाँले आगामी दिनमा क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगितामा यसरी नै सफलता प्राप्त होस् भन्ने शुभकामना पनि दिनुभएको थियो ।टेलिफोन वार्तामा विभिन्न अभावका बाबजूद नेपाली फुटबल टोलीले प्राप्त गरेको यस सफलताले सम्पूर्ण खेलाडी र खेलप्रेमी नेपालीहरुलाई उत्साहित गरेको पनि बताउनुभयो ।  प्रधानमन्त्री कोइरालाले फूटबल खेलको विकासको लागि सरकारले यथासक्य सहयोग गर्नुको साथै खेलाडीहरुलाई प्रोत्सान दिने बताउनु भएको थियो । टेलिफोनमा प्रधानमन्त्री कोइरालाले भारतको पुणेमा हुने प्रतियोगिता पनि यस्तै सफलता प्राप्त होस् भन्ने शुभकामना दिनु भएको थियो ।
नेपाली टोलीका कप्तान घर्तीले प्रधानमन्त्री कोइरालाले दिनुभएको बधाई र शुभकामनाका प्रति कृतज्ञता प्रकट गर्दै आफ्नो आफू नेपाल फर्कने वित्तिकै प्रधानमन्त्रीलाई भेट्ने बताएका थिए ।