Mp3

Listen Online

एमाले रामेछाप जिल्ला कमिटी सदस्य तामाङको निधन
एमाले रामेछाप जिल्ला कमिटी सदस्य तामाङको निधन
भाद्र १४- रेडियो रामेछाप, रामेछाप ।
नेकपा एमाले रामेछापका जिल्ला कमिटि सदस्य चिना तामाङको सोमबार निधन भएको छ । केहि दिन अगाडि काठमाडौको तिनकुने स्थित कान्तिपुर अस्पतालमा उपचारको लागि भर्ना भएका तामाङको उपचारको क्रममा ५७ बर्षको उमेरमा सोमबार  दिउँसो  १ बजे निधन भएको छ । रामेछापको पिङ्खुरी गाविसमा जन्मिएका तामाङ पिङ्खुरी गाविसका जननिर्वाचित गाविस अध्यक्ष बनेका थिए भने वि. स. २०५४ सालमा जिल्ला विकास समितिको रामेछापको निर्वाचित सदस्य बनेका थिए ।
यसैविच नेकपा एमाले रामेछापले तामाङको निधन प्रति सोमबार शोक बक्तव्य निकालेको छ । कम्युनिष्ट आन्दोलनमा सक्रिय भुमिका खेलेका एक सच्चा, क्रान्तिकारी, कर्तव्यनिष्ठ, इमान्दार, लोकप्रेमी एवम् विकासप्रेमी युद्धालाई गुमाउनुपर्दा पार्टिलाई अपुरणिय क्षति पुगेको एमाले रामेछापले जनाएको छ ।
एमाले रामेछापका पार्टी सचिव आनन्द श्रेष्ठद्धारा हस्ताक्षरित शोक वक्तव्यमा तामाङको निधनले सिङ्गो लोकतान्त्रीक र कम्युनिष्ट आन्दोलनलाई अभाव खड्किएको बताइएको छ । नेकपा एमाले जिल्ला कमिटि रामेछापको आकस्मिक बैठकले तामाङको निधनप्रति ३ दिन पार्टीले औपचारिक कार्यक्रमको आयोजना नगर्ने, पार्टी कार्यलयमा ३ दिन झण्डा आधा झुकाउने र तेह्रौ दिनको दिन सदरमुकाम मन्थलीमा श्रद्धान्जली सभाको आयोजना गर्ने बक्तव्यमा उल्लेख गरेको छ  ।