Mp3

Listen Online

हिटको खोजीमा रजनी ?
हिटको खोजीमा रजनी ?
 आश्विन २० । रेडियो  रामेछाप ।
गर्न त रजनी केसी राम्रै फिल्मबाट डेब्यु गरेकी थिइन् तर फिल्म फ्लप भईदियो । रजनीले छवि ओझाको व्यानरमा बनेको ‘लोफर’बाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । उति बेला रेखासँग पानी बाराबारको स्थिति रहेको छवि ओझाले रजनीलाई पनि रेखा थापा बनाउँछु भनेर गफ दिएका थिए । तर फिल्म फ्लप भएसँगै छविले रजनीमा सायद कुनै क्षमता देखेनन् । शिल्पा पोखरेल भित्र्याए र फेरि उही दाबी दोहोर्याए । ‘शिल्पालाई रेखा बनाउँछु’ ।  
 
तर, अहिले रजनी कम चर्चामा छिन् ।  उनले रेखा थापाको स्थान त लिन सकिनन्, छविराज ओझाको ब्यानरमा पनि गुमाइन् । उनलाई अभिनेत्री शिल्पा पोख्रेलले रिप्लेस गरिन् । छविराज ओझाको ब्यानरमा काम गर्दा आफ्नो चर्चा चुलिएको रजनी पनि स्विकार गर्छिन् । उनका साथीभाई र आफन्तले उनलाई किन अहिले पहिलेको जस्तो चर्चा छैन नी भनेर सोध्ने गरेका छन् ।
 
तर रजनी ‘परदेशी’ रिलिज पछि फेरि आफ्नो चर्चा हुने दाबी गर्छिन् । आफ्ना फिल्म प्रदर्शनमा नआएकाले पनि दर्शकलाई हराएको जस्तो भान भएको उनको भनाई छ । फिल्म परदेशीकी अभिनेत्रीलाई यो फिल्मको गीत र गायक तथा अभिनेता प्रशान्त तामाङका कारण फिल्म चल्छ भन्ने लागेको छ ।उनले फिल्म चलेको खण्डमा आफूले एउटा हिट फिल्म दिएको ठान्ने र असफल भएको खण्डमा पनि यसको जिम्मेवारी लिने बताइन् ।