Mp3

Listen Online

७० बर्ष को हुँदा पनि चलचित्रमा अभिनय गर्ने अभिनेत्री थापाको भनाई ।
७० बर्ष को हुँदा पनि चलचित्रमा अभिनय गर्ने अभिनेत्री थापाको भनाई  ।
नवराज श्रेष्ठ , रेडियो रामेछाप
 
चर्चित अभिनेत्री रेखा थापाले अभिनय गरेको नेपाली कथानक चलचित्र जाउँ हिड पोखरा शुक्रबारबाट प्रदर्र्शनमा आउदै छ । चलचित्र जाउँ हिड पोखराले दर्शकलाई २ घण्टा सम्म हँसाउने रेखाले बताएकी छिन् । रेडियो रामेछापसँग कुरा गर्दै रेखाले जाउँ हिड पोखरा हाँस्यवर्दक र युवामैत्री चलचित्र भएको दाबि गरेकि छिन् । रेखा थापा १२ बर्षदेखि फिल्म क्षेत्रमा सक्रिय रहेकि छिन् । रेखाले निर्माता छविराज ओझासँग मिलेर बनाएका र अभिनय गरेका चलचित्र सफल छन् । तर रेखा फिल्मस्लाई छाड्ने हो भने रेखाको नाममा सफल चलचित्रको संख्या कमै पाइन्छ । केही बर्षयता त रेखाका लागि आफ्नै ब्यानर बाहिरका फिल्ममा सफलता नसकेको देखिएतापनि उनी आफ्नो ब्यानरमा भने हिट छिन् । रेखा फिल्मस्को ब्यानरमा बर्षमा एउटा चलचित्र बनाउने रेखाको उक्त फिल्मले व्यापारमा उल्लेखनिय सफलता पाएकै छ । उनै रेखाको मुख्य भूमिका रहेको फिल्म ‘जाउँ हिड पोखरा’ मंसिर ११ गतेबाट लाग्दैछ । शोभित बस्नेतको यो फिल्म रेखाकै स्टारडमको भरमा देखिएको छ । आफ्नो ब्यानर बाहिर असफल भैरहेकी रेखाका लागि ८० वटा हलमा ‘जाउँ हिड पोखरा’ हेर्न दर्शकलाई होल्ड गर्नुपर्ने चुनौती छ । 
 
अभिनेत्री थापाले आफ्नो ब्यानर रेखा फिल्मस्मा बनेको चलचित्र रामप्यारीको बारेमा जानकारी दिएकि छिन् । अरुको ब्यानरमा भन्दा आफ्नै ब्यानरमा बनेको चलचित्रहरुको चर्चा गर्न मन पराउने नेत्री थापाले भनिन् –“नेपाली कथानक चलचित्र रामप्यारी नितान्त टेम्पो चलाउने महिलाहरुको जिवन परिधिभित्र घुमेको छ ।” थापाले आफुले धेरैजसो नारीप्रधान चलचित्रहरुमा काम गरेको भन्दै नेपाली चलचित्र रामप्यारी पनि बिलकुलै नारी प्रधान चलचित्र भएको बताइन् । नेपाली दर्शकले रेखालाई कहिलेपनि कमजोर र रुने अनि आँसु झार्ने भुमिकामा देख्न नचाहेको उनको बुझाइछ । उनीे भन्छिन्–“आफु बास्तबिक जिवनमा पनि कमजोर छैन, रुने र कमजोर भुमिका भएको चलचित्रमा भन्दा हिम्मतवाली नारीको भुमिका भएको चलचित्रहरुमा अभिनय गर्न मनपर्छ ।” रेखाले कुराकानीको क्रममा नेपाली चलचित्र क्षेत्रमा आफु ७० बर्षको हुँदा पनि नायिकाकै रुपमा अभिनय गर्ने भन्दै उमेरको कुरा गर्ने बेला नभएको र आफू अझै सानै रहेको धारणा राखिन् । 
 
एक अर्को प्रसंगमा अभिनेत्री रेखाले आफुलाई राजनीति गर्नका लागी एकदमै मन भएकोे बताइन् । आफु राजनीतिक क्षेत्रमा प्रवेश गरेपनि नेपाली चलचित्र क्षेत्रबाट भने कहिले टाढा नहुने बताउदै उनी भन्छिन् —“देशमा सच्चा र कुसल राजनितिज्ञको आवश्यकता रहेको छ । आफु पनि समाजसेवि भावना भएको हिम्मतवाली नेपालकी छोरी भएकाले देशको बिभिन्न ठाउँहरुमा समाजसेवाका काममा खटिरहेको छु ।”