Mp3

Listen Online

चीनले बनायो ठिमाहा भवन, एकातिर अमेरिका अर्कोतिर चीन (फोटो फिचरसहित)
चीनले बनायो ठिमाहा भवन, एकातिर अमेरिका अर्कोतिर चीन (फोटो फिचरसहित)
 
मंसिर २० ।
दुनियाका चर्चित चिज तथा ठाउँहरुको नक्कल गर्न र दुरुस्तै तयार पार्नमा चीन सबैभन्दा अगाडि छ । तर यो पटक भने चीन अझै एक कदम अघि बढेको छ र एउटै भवनमा दुनियाका दुइवटा चर्चित महलहरु ठड्याइदिएको छ ।
चीनको हेबेइ प्रान्तस्थित शिजियाझुआंगमा एउटा यस्तो ठिमाहा भवन निर्माण गरिएको छ जसको आधा भाग बेइजिंगको चर्चित टेम्पल अफ हेभेन छ भने आधा भाग अमेरिकाको वासिंटनस्थित संसद भवन क्यापिटोल हिल रहेको छ ।
 
 
न्यु ग्रेटवाल अनतराष्ट्रिय मूभी स्टुडियोको प्रांगणमा यो ठिमाहा भवन ठड्याइएको हो । यो चारतले भवनमा चिनिया र अमेरिकी ऐतिहासिक भवनबीचको संयोजन निकै कलात्मक ढंगले गरिएको छ र दुरुस्तै पारिएको छ ।
पूर्वीय र पश्चिमी सभ्यतालाई समेत संयोजन गरेकेा यो भवन पर्यटकको आकर्षणको केन्द्र बन्ने र भविष्यमा धेरै फिल्महरुमा समेत देखापर्ने विश्वास गरिएको छ ।