Mp3

Listen Online

जहाँ मिनिस्कर्ट लगाउने सुन्दरीहरुले सडकमा पान बेच्छन् ।
जहाँ मिनिस्कर्ट लगाउने सुन्दरीहरुले सडकमा पान बेच्छन् ।
 
२०७२ माघ ६ ।
 
ताइवानका सडकहरुमा युवतीहरुले मिनिस्कर्ट लगाएर पान सुपारी बेच्ने व्यापार गर्दछन् । सडकमा पानको खुद्रे पसल चलाउने युवतीहरुले कहिलेकाहीँ तथा गाडी ड्राइभरहरुलाई पान खुवाउनका लागि गाडीबाटै जबरजस्ती बाहिर तान्छन् । पहिलोपटक यो दृश्य देख्नेलाई अचम्म लाग्नसक्छ तर ताइवानमै बस्ने मानिसहरुका लागि भने यो सामान्य हो ।
 
यी पान पसले युवतीहरुले ग्राहकलाई आकषिर्त गर्नका लागि विभिन्न उपाय अपनाउँछन् । सडकका किनारामा सिसाका आकर्षक बुथ हुन्छन् । ती बुथहरुमा सिँगारपटार गरेका र मिनिस्कर्ट लगाएका सुन्दरी युवतीहरुले पान बेचिरहेका हुन्छन् । यी युवतीहरुको बजार रणनीति रोचक खालको हुन्छ । उनीहरु आफ्नो बिजनेसका लागि सडकको बीचमा गएर ग्राहकसँग डिल गर्न हिच्किचाउँदैनन् । कतिपय अवस्थामा त उनीहरु शारीरिक तथा वाक् दुव्र्यवहारका सिकार पनि बन्दछन् ।
 
 
 
ताइवानमा यस्ता एक लाख दुकानहरु छन् जसमा ६० हजार भन्दा बढि त युवतीहरुले नै चलाएका छन् । सहर तथा गाउँमा ट्रेडमार्क बनिसकेका यी युवतीका पान पसलका सबैभन्दा ठूला ग्राहक भनेक ट्रक तथा ट्याक्सी ड्राइभर नै हुन् ।
 
तर पछिल्लो समयमा युवतीहरुको यस्तो पान पसलप्रति अधिकारीहरुको नजर परेको छ । यिनै सेक्सी युवतीहरुको पान पसलका कारण सडक दुर्घटना बढेको दाबी अधिकारीहरुको छ । सन् २००७ मा त पान सुपारी बेच्ने युवतीहरुमाथि राजधानी ताइपेइमा प्रतिबन्ध नै लगाउनुपर्यो । जसका कारण पान पसले ती युवतीहरुले मुख्य सहरको बाहिर पटि्ट आफ्नो व्यवसाय संचालन गरिरहेका छन् 
-  एजेन्सि सहयोग )