Mp3

Listen Online

सुन्दरी शिक्षिकाहरुको कक्षामा पढ्न क्याम्पसमा विद्यार्थीहरुको भिड
सुन्दरी शिक्षिकाहरुको कक्षामा पढ्न क्याम्पसमा विद्यार्थीहरुको भिड
 
सुन्दरी शिक्षिका तथा ह्याण्डसम शिक्षकहरु विद्यार्थीहरुमाझ लोकप्रिय हुन्छन् र उनीहरुको क्लास विद्यार्थीहरुलाई बोरिंग हुँदैन पनि ।त्यस्ता सुन्दर शिक्षक शिक्षिकाहरुलाई हेर्नकै लागि वा बोली सुन्नकै लागि मात्रपनि कतिपय विद्यार्थीले त अतिरिक्त क्लास समेत लिन पछि पर्दैनन् ।
 
चीनको एक विश्वविद्यालयमा त शिक्षिकाहरु विद्यार्थीहरुमाझ यस्तै लोकप्रिय बनिरहेका छन् । शिक्षिकाहरुको लोकप्रियताको कारकतत्व भनेको उनको सुन्दरता नै हो ।चीनको सिचुआन नर्मल युनिभर्सिटीले यस्तै १२ जना सुन्दरी शिक्षिकाहरु छानेर उनीहरुको तस्वीर विश्वविद्यालयको सोसल मिडिया पेजमा पोष्ट गरेको छ । ती मध्ये कोहीले विश्वविद्यालयमा फेसन तथा डिजाइनिंग पढाउँछन् त कोहीले गायन तथा नृत्य । ती शिक्षिकाहरु विद्यार्थीहरुमाझ निकै लोकपि्रय छन् । तन्नेरी छात्रहरु शिक्षिकाहरुको कक्षामा बस्न मरिहत्ते गर्दछन् ।
 
विश्वविद्यालयको सोसल मिडिया पब्लिसिटी डिपार्टमेन्टका इन्चार्ज शू का अनुसार प्राज्ञिक क्षमता तथा शारीरिक आकर्षणका आधारमा ती १२ जना शिक्षिकाहरु च्यन भएका हुन् ।महिला शिक्षकहरुप्रति रहेको आम धारणा परिवर्तन गराउन आफुहरु लागिपरेको शू बताउँछन् । गत मे महिनामा विश्वविद्यालयले पहिलोपटक सोसल मिडियामा यस्ता फोटाहरु प्रकाशित गरेको थियो र हालै दोश्रो पटक पुनः प्रकाशित गरेको छ ।