Mp3

Listen Online

रामेछाप नगरपालिकामा मृत अवस्थामा एक व्यक्ति फेला
पुष २८, रामेछाप ।
रामेछाप जिल्लाकाे रामेछाप नगरपालिकामा  एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 
अाज बिहान रामेछाप नगरपालिका २ पारी टोलमा बस्ने ५७ बर्षिय हर्क बहादुर श्रेष्ठ आफ्नै घरको करिब २५-३० मिटर पश्चिमतर्फ मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । श्रेष्ठलाई बाटोको गौडाको खुल्कीला टाउको बजारी मृत अवस्थामा फेला परेकोले प्रहरी चौकि रामेछापडाँडाको अधिकृत समेतको टोलीले घटनास्थलमा पुगि घटनाकाे अनुसन्धान थालेकाे प्रहरीले जनाएकाे छ ।