Mp3

Listen Online

रामेछापकाे पकरबासमा मिनिट्रक दुर्घटना हुदाँ २ जना मृत्यु,१ घाइते ।
प्रज्वल पाैडेल। पुस २८, रामेछाप ।
रामेछापकाे पकरबासमा मिनिट्रक दुर्घटना हुदा २ जनाकाे मृत्यु भएकाे छ भने एक जना घाईते भएका छन् । गएराति
पकरवास – ६ स्थित ढुङगेल गाँउको सडक खण्डको उकालोमा सवारी दुर्घटनामा चालक रामेछाप जिल्ला भिरपानि -१ सित्खाका २० बर्षिय दिनेश माझी र ट्रकमा सवार २१ बर्षिय कुमार माझीको घटना स्थलमै निधन भएको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएकाे छ । घाईते भएका ट्रकका सह चालक भिरपानी १ का १९ बर्षिय जुगल मगरलाई उपचारका लागि राति नै तामाकोशी सामुदायिक अस्पतालमा प्रहरीले ल्याएकाे छ । मृतककाे लाश पोष्टमर्टमाका लागी मन्थलि स्वास्थ केन्द्रमा लगिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जाेशीले जानकारी दिनुभयाे। बा. ४ ख १७५५ नम्बरको मिनिट्रक सित्खाबाट गाल्पा तर्फ बालुवा लोड गरी जादै गर्दा सडकबाट अन्दाजि १०० मिटर तल भिरमा खसेर दुर्घटना भएकाे उहाँले बताउनुभयाे ।
यस अगाडि बुधबार टिपर दुर्घटनामा परि एकजनाकाे घटना स्थलमा र एक जनाकाे उपचारकाे क्रममा निधन भएकाे थियाे ।