Mp3

Listen Online

नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा पुनः घिमिरे विजयी ।
माघ २४।रामेछाप नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा नबराज घिमिरे निर्वाचित हुनुभएकाे छ । ८ औ जिल्ला महावेशनबाट शनिबार भएकाे मतदानमा रामकृष्ण श्रेष्ठलाइ पराजित गर्दै घिमिरे पुन: अध्यक्षमा बिजयी हुनुभएकाे हाे । यस्तै नवगठित कार्य समितिकाे उपाध्यक्ष कविन्द्र तामाङ, महिला उपाध्यक्ष, प्रबीना पौडेल,सचिव अर्जुन श्रेस्ठ,अर्थ सचिव मेघप्रसाद भट्टराई , सह-सचिब बिष्णु बहादुर थापा रहनुभएकाे छ । यस्तै सदस्यहरुमा खेच बहादुर खड्का,नीराजन लामा,डम्बर नारायण श्रेष्ठ,झलक प्रसाद भट्टराई,लक्ष्मी बुढाथोकी कार्की रहनुभएकाे छ । यसैविच संघीय महाधिवेशन प्रतिनिधि महिला तर्फ कमला कुमारी थापा, सबित्रा कार्की, महाधिवेशन प्रतिनिधिहरुमा रामचन्द्र अधिकारी, चन्द्र बहादुर घिसिङ, राजु श्री घिमिरे,शिवप्रसाद सुवेदी छनाैट भएकाे नेपाल शिक्षक संघले जनाएकाे छ । संघका केही पदाधिकारीहरू निर्विराेध चयन समेत भएका छन् । निर्बिरोध निर्वाचित हुने महिला सदस्यहरुमा क्रमश लक्ष्मी कुमारी बुढाथोकी, शान्ति कार्की र सकुन्तला पुरी रहेका छन् । त्यसैगरी प्रदेश अधिबेशन प्रतिनिधिहरु महिला तर्फ सोभा भुजेल, रेणुका ढकाल खुल्ला तर्फ जगदिश बस्नेत सूर्यप्रसाद गौतम, लेखकुमार बस्नेत, मोहन कुमार खड्का र बिनय झा पनि निर्बिरोध निर्बाचित भएकाे निर्वाचन समितिले जनाएकाे छ ।