जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछाप बाग्मती प्रदेशमै दोश्रो


३० कार्तिक २०७९, बुधबार  

2
Shares

कार्तिक २८

रामेछाप – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछाप बाग्मती प्रदेशमै दोश्रो हुन सफल भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय स्तरका पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।

 

आर्थिक वर्ष २०७८÷०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेको विभिन्न आयुर्वेद स्वास्थ्य सेवाका सुचकहरुको आधारमा बाग्मती प्रदेश अन्तर्गतका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मध्ये जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले दोश्रो स्थान हासिल गरेको हो । पछिल्लो समयमा आयुर्वेद स्वास्थ्य केन्द्रले कर्मचारी अभाव,भवन र कोठाहरुको अभावले सोचे जस्तो सेवा प्रवाह गर्न नसकेको डाक्टर कँडेलले बताउनुभयो । पछिल्लो समयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले आफ्नो सेवालाई बिस्तार गर्देै रामेछापको ४ वटा पालिकामा नागरीक आरोग्य सेवा केन्द्र स्थापना गरेको छ । जिल्लाको सबै पालिकामा सेवा केन्द्र बिस्तार गर्ने उद्धेश्यका साथ अन्य पालिकाहरुमा पनि सेवा केन्द्र स्थापना गर्न सम्बन्धित स्थानिय तहसँग समन्वय भैरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितीका अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।

आयुर्वेदको महत्व नबुझ्दा र जिल्लामै आयुर्वेद स्वास्थ्य केन्दले प्रदान गर्ने सेवाहरु बारेमा नागरीकहरुलाई जानकारी नहुँदा धेरै नागरीहरु रोग पालेर बस्न बाध्य भएको भन्दै अध्यक्ष श्रेष्ठले पत्रकार तथा संचारमाध्यमहरुलाई यसको प्रचार प्रचारमा सहयोग गर्न आग्रह गर्नुभयो ।

 

 

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : ५५ बजे