निर्वाचनलाई सफल पार्न कुनै कसर बाँकी नराख्नप्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको निर्देशन


७ मंसिर २०७९, बुधबार  

0
Shares

कात्तिक २६,
रामेछाप – बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले निर्वाचनलाई सफल पार्न कुनै कसर बाँकी नराख्न रामेछाप प्रहरी र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

निर्वाचन सुरक्षा तथा निरीक्षण भ्रमणमा रामेछाप आउनुभएका बज्राचार्यले जिल्ला प्रहरी कार्यालयको निरीक्षण र कार्यरत सबै प्रहरी कर्मचारी र म्यादी प्रहरीहरूलाई आउँदो मंसिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिनुभएको हो । महानिरीक्षक बज्राचार्यले आचारसंहिता भित्र रहेर निर्वाचनलाई शान्ति पूर्ण, भयसहित वातावरणमा सफल पार्नु पर्नेमा जोड् दिनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ३५ बजे