रामेछापमा तामाङ र ढुङ्गेल कसले मार्ला बाजी


७ मंसिर २०७९, बुधबार  

0
Shares

कार्तिक २१,
रामेछाप – आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनकामा रामेछापबाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक वाम गठबन्धनबाट पूर्णबहादुर तामाङ कान्छारा र नेकपा एमालेबाट कैलाशप्रसाद ढुङ्गेल मुख्य प्रतिस्पर्धी हुन् ।

लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ ९कान्छाराम० निर्माण व्यवसायि हुन् । ‘कान्छाराम’ ले जिम्मेवारी लिएका विकासका काम समयमै सम्पन्न नगरेको भनि आलोचना समेत भइरहेको छ । यसअघिको निर्वाचनमा एमाले माओवादी गठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका कान्छाराम यस पटक काँग्रेस–माओवादी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । नेकपा एमालेको तर्फबाट बागमती प्रदेशका निवर्तमान अर्थमन्त्री कैलाशप्रसाद ढङ्गेल प्रतिनिधि सभाका उम्मेदवार छन् । ढङ्गेल बागमती प्रदेश अर्थमन्त्री हुँदा विकास निर्माणमा जिल्लाको सबै क्षेत्रलाई समेट्न नसकेको आरोप खेप्दै आएका छन् ।

चुनावी अभियानको क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ढुङ्गेल हिजो गरेका कमजोरी सच्याएर साफा नाफा तिर्ने गरी काम गर्छु भन्दै जनतासँग भोट मागिरहेका छन् ।कान्छाराम तामाङले जनता विरामी पर्दा व्यक्तिगत हेलिकोप्टरमार्फत काठमाडौँ लगेर उपचार गरिदिन्छु भन्ने आवश्वासन बाड्दै भोट मागिरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ०८ बजे