मन्थली नगरपालिकाले मनायो ९ औँ स्थापना दिवस,


१७ मंसिर २०७९, शनिबार  

0
Shares

मंसिर १६,
रामेछाप – मन्थली नगरपालिकाले शुक्रबार आफ्नो ९ औँ स्थापन दिवस मनाएको छ । सो अवसरमा नगरप्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत र प्रमुख प्रशासकीय अधिकृत हरि चापागाईँले नगरपालिकाले विगतमा गरेका काम र भावी योजना बरे जानकारी दिनुभयो । यस्तै, काँग्रेस, एमाले, माओवादी, नेकपा एस, राप्रपाका नेताहरुले नगरपालिकाले गर्नुपर्ने कामबारे सुझाव र गर्न नसकेका कामप्रति आलोचना गरेका छन् । स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा प्रशंसनीय काम गर्नेहरूलाई सम्मानित गरिएको छ ।

सो अवसरमा नगरप्रमुख श्रेष्ठले यो आर्थिक वर्षको ४ महिनामा नगरपालिकाले १ अर्ब १३ करोड ५ लाख बढी बजेट अर्थात् १७।१४ प्रतिशत मात्रै खर्च गरेको बताउनुभयो । हालसम्म नगरपालिकामा ४५ वटा योजना सम्झौता भएको र ११ वटाको काम सम्पन्न भैसकेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : १९ बजे