रामेछाप प्रशासनले निःशुल्क पासपोर्टको फर्म भर्ने


१७ मंसिर २०७९, शनिबार  

0
Shares

मंसिर १६,
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रबार देखि राहदानी अनलाइन फारम निःशुल्क भर्ने भएको छ । अनलाइनबाट आवेदन भर्नेहरूले मनपरी रकम असुलिरहेको गुनासो आएपछि प्रशासनमै निःशुल्क फारम भर्ने व्यवस्थापन गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।

अब पैसा तिरेर बाहिर फारम भर्नु नपर्ने सिधै प्रशासन कार्यालयबाटै आवेदन भर्न सकिने घिमिरेले बताउनुभयो । मन्थली नगरपालिकाको कर्मचारी व्यवस्थापनमा प्रशासनबाटै निःशुल्क पासपोर्टको फर्म भर्ने गरी काम सुरु भएको रामेछाप प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १ : ४७ बजे