किवी उत्पादनमा बृद्धि, भने जस्तो बजार पाउन नसकेको किसानहरूको गुनासो


५ पुस २०७९, मंगलबार  

76
Shares

पुष ४

रामेछाप – किवी फल खेती पनि रामेछापमा फस्टाएको छ । विगत ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा उत्पादन र उत्पादकत्व क्रमशः बढ्दै गइरहेको पाइएको ज्ञान केन्द्र रामेछापले बताएको छ । अघिल्ला वर्षहरूमा स्थापित किवी बगैँचाबाट उत्पादन बढ्ने क्रममा रहेको र यो साल पनि किवीको उत्पादन बढेको देखिएको छ । जिल्लाको २०४ हेक्टर क्षेत्रफलमा भएको किवी खेती विस्तार भएकोमा उत्पादनशील ५७ हेक्टर क्षेत्रफलबाट ८।१ मेटिक्टन् प्रति हेक्टर उत्पादकत्व कायम भएको जनाइएको छ । यो वर्ष ४६२ मेटिक्टन् उत्पादन भएको पाइएको छ । गत वर्षको उत्पादकत्व ७।१ मेटिक्टन् प्रति हेक्टर भन्दा बढी रहेको ज्ञान केन्द्र रामेछापले जनाएको हो । यो वर्ष किवी उत्पादन राम्रो भएपछि किसानले बजार भने पाउन नसकेको किसानहरूको गुनासो छ ।

केही मात्रमा बिक्री भए पनि राम्रो भाउ नपाएको अधिकांश किसानहरूले गुनासो गरेका छन् । कतिपय किसानहरूको फल बारीमै कुहिन थालेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : ३० बजे