रामेछापमा यो वर्ष धान उत्पादन कम,


५ पुस २०७९, मंगलबार  

0
Shares

पुष ०४
रामेछाप – रामेछापमा यो वर्ष धान उत्पादन भने घटेको छ । जिल्लामा योवर्ष ८ हजार ४५१ हेक्टर क्षेत्रफलमा लगाइएको थियो । आर्थिक वर्ष २०७९÷८० मा धान २४ हजार ६७७ मेटिकट्न उत्पादन भएको छ । गत वर्षको तुलनामा २ हजार ३५१ मेटिक्टनले कमी हो । गत वर्ष धानको उत्पादकत्व ३‍।०७ मेटिकट्न प्रति हेक्टर रहेकोमा यस वर्ष २‍।९९ मेटिकट्न प्रति हेक्टर भएको पाइएको छ । उत्पादनमा फूल फुल्ने समयमा पानी पर्नु, हाइब्रिड जातका धानमा नेक बेलास्ट, सिथ ब्लाइट जस्ता रोगको प्रकोप हुनु रहेको ज्ञान केन्द्र रामेछापका सूचना अधिकारी शर्मिला फुयाँलले जाननुभयो ।

धानको राष्ट्रिय उत्पादकत्व ३।८१ मेटिकट्न प्रति हेक्टर रहेको ज्ञान केन्द्र रामेछापले जनाएको हो ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ४ : २२ बजे