रामेछापमा आलु उत्पादनमा वृद्धि,


५ पुस २०७९, मंगलबार  

80
Shares

पुष ०४
रामेछाप – रामेछापमा आलु उत्पादन बढेको छ । पोहोरभन्दा यो वर्ष रामेछापमा ४२६ मेटिक्टन् आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । कूल ३ हजार २७८ हेक्टर क्षेत्रफलमा लगाएको हिउँदे आलु ५० हजार ५५ मेटिक्टन् उत्पादन भएको ज्ञान केन्द्र रामेछापले जनाएको हो । आलुको उत्पादकत्व यो वर्ष १५।२७ मेटिक्टन् प्रति हेक्टर रहेको छ । गत वर्ष १५।१४ मेटिक्टन् प्रति हेक्टर रहेको थियो ।

आलुको उत्पादकत्वमा केही वृद्धि हुनुमा उन्नत बीउको प्रयोग, बीउको उचित भण्डारण, सिँचाइ सुविधाको क्रमिक विस्तार, मौसम अनुकूल हुनु, समयमा आकस्मिक वाली संरक्षणको काम हुनु, यान्त्रीकरणको प्रयोगबाट समयमा बीउ रोप्न पाउनु, आवश्यक प्राविधिक सहयोग आदि रहेको ज्ञान केन्द्रकी सूचना अधिकारी शर्मिला फुयाँलले जानकारी दिनुभयो ।

आलुको राष्ट्रिय औसत उत्पादकत्व १६।७ मेटिक्टन् प्रति हेक्टर रहेको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ३ : ५८ बजे