कुनै समस्या नआए सुनकोशी मरिण डाईभर्सनको सुरूङ तोकिएको समयमै सम्पन्न हुने


६ पुस २०७९, बुधबार  

16
Shares

पुष ६
रामेछाप – सिन्धुलीमा निर्माण भइरहेको सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । सुरूङ निर्माणका लागि टनेल बोरिङ मेसिन टिविएमले सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारबाट १ हजार ६ सय मिटर कटिङ गरेको हो ।

कुनै भौगर्भिक समस्या नआए तोकिएको समयमै सुरूङ निर्माण सम्पन्न हुने सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक मित्र बरालले बताउनु भएको छ ।सुनकोशी मरिण आयोजनाको सुरूङभित्र प्रयोग गरिने सेगमेन्ट करिब २ हजारको हाराहारीमा प्रयोग भइसकेको बताउनुभयो । चाइना ओभरसिज इन्जिनियरिङ ९कोभेक० ले टनेल बोरिङ कन्सल्टेन्टमा जेड कन्सल्र्ट प्रा।लि रहेको छ ।सुनकोशी मरिण आयोजनाले २२ महिनामा टनेल खनिसक्ने लक्ष्य लिएको छ । १३ दशमलव ३ किलोमिटर सुरूङ खनेर सुनकोशी गाउँपालिकाको कानढुंग्रे नजिक सुनकोशी नदिमा निकालिने जनाएको छ ।

आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्र र डुवान क्षेत्रमा जग्गा अधिग्रहण र मुआब्जा वितरण लगायतका प्राविधिक सबै काम सकिएको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ५ : ०० बजे