खाँडादेवी गाउँपालिकाको ४१ करोड बेरुजु


७ पुस २०७९, बिहिबार  

14
Shares

पुस ७,
रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिकाको बेरुजु ४१ करोड रुपियाँ देखिएको छ । पालिकाको असुल उपर गर्नुपर्ने बेरुजु मात्रै ३ करोड ३२ लाख रुपियाँ बढी देखिएको छ । त्यसैगरी ७८ लाख ५३ हजार अनियमितता र प्रमाण कागजात नपुगेको बेरुजु रकम ५ करोड १८ लाख २५ हजार रुपियाँ रहेको छ । बाहिर आएजस्तो पालिकाको बेरुजु रकम नरहेको खाँडादेवी गाउँपालिकाका लेखा अधिकृत विजय लुइँटेलले जिकिर गर्नुभयो ।

वास्तविक बेरुजु ३३ करोड ७३ लाख ३३ हजार रुपियाँ मात्रै रहेको उहाँले दाबी गर्नुभयो ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ९ : १० बजे