यो वर्ष धान उत्पादन बढ्यो


७ पुस २०७९, बिहिबार  

20
Shares

पुस ७,
रामेछाप – यो वर्ष धान उत्पादन बढेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले सबै प्रदेशमा धानको उत्पादन बढेको जनाएको छ । नयाँ जातको बिउ र प्रविधिको उपयोगका साथै मौसम अनुकूल हुँदा गतवर्षको तुलनामा धान उत्पादन बढेको मन्त्रलायले बताएको छ ।

गतवर्ष १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाई भएको थियो भने ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टन उत्पादन भएको थियो । धान उत्पादन अघिल्लो आर्थिक वर्ष २०७७र७८को तुलनामा ८।७४ प्रतिशतले कमी भएको थियो । ‘गत वर्ष असोज ३१ र कात्तिक १र२ गतेको बेमौसमी वर्षाले बाली सखाप पार्यो । मुलुकभरका १ लाख ११ हजार ६ सय ९ हेक्टरमा ४ लाख २४ हजार १ सय १३ मेट्रिक टन धान बाली क्षति पुग्यो,’ रेग्मीले भने, ‘यस वर्ष बर्दिया, लुम्बिनीमा केही नोक्सान देखिए पनि औसत उत्पादन राम्रो छ ।’ रेग्मीका अनुसार उत्पादन बढ्नुको पहिलो कारण उन्नत बिउबिजन हो । अधिकांश किसानले नयाँ जातका धान लगाएका छन्, जसले गर्दा धानको उत्पादकत्व समेत बढेको छु उनले भने ।

दोस्रो कारण प्रविधि मैत्री रोपाई रहेको उनले बताए । किसानहरुले मेसिनबाट रोपाई गर्ने, काट्न पनि मेसिन प्रयोग गर्न थालेकाले पनि केही सुधार आएको रेग्मीको भनाइ छ । रासायनिक मलको हकमा खुल्ला सिमाका कारण किसानले अप्ठ्यारोका बाबजुत आफै व्यवस्था गरेका कारण उत्पादन केही बढेको रेग्मीले बताए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ८ : ५० बजे