कोरोनाभाइरसको नयाँ भेरियन्ट सगै स्वास्थ्य मन्त्रालयले सार्वजनिक स्थलमा मास्क अनिवार्य


९ पुस २०७९, शनिबार  

12
Shares

पुस ९,
रामेछाप – सरकारले सार्वजनिक ठाँउमा मास्क अनिवार्य लगाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ(७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरेको जानकारी गराएको हो । यस्तै मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । सेनिटाइजरको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न सकारले आग्रह गरेको छ ।

विज्ञप्तिमा कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि आग्रह गरिएको छ । भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउन समेत सरकारले आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ३३ बजे