पाँच महिनापछि भारतबाट गहुँ आयात


९ पुस २०७९, शनिबार  

10
Shares

पुस ८,
रामेछाप – ५ महिना अघि निर्यात प्रतिबन्ध लगाएको भारतले नेपालमा गहुँ ल्याउन अनुमति दिएको छ । अस्ति बुधवार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । चोरीको गहुँ भित्रिँदा मूल्य बढेको भन्दै व्यवसायी र नेपाल सरकारले गहुँ आयात खुलाउन भारतसँग आग्रह गरेका थिए । नेपालको आग्रहपछि भारत गहुँ निर्यात गर्न सहमत भएको हो ।

भारतले गहुँ निर्यात बन्द गर्दा गहुँको मूल्य नेपालमा ४० प्रतिशतसम्म बढेको थियो ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ४ : ३७ बजे