सिन्धुलीको सुनकोशी र गोलन्जोर गाउँपालिकामा बाँदरको आतंक


१७ पुस २०७९, आइतबार  

14
Shares

पुष १७,
रामेछाप – सिन्धुलीको सुनकोशी र गोलन्जोर गाउँपालिका तथा चुरेभावर क्षेत्रमा बाँदर आतंक मच्चिएको छ ।

चिसो मौसममा जंगलमा रहेका बाँदरहरु खानाको अभावमा बस्ती र घरमा पसेर अन्न खान थालेपछि स्थानीय त्रसित बनेका हुन् । छिमेकी जिल्लाबाट नदी तरेर सिन्धुली आएका बाँदरको हुलले सुनकोशी र गोलन्जोरमा आक्रमण समेत गर्न थालेको सुनकोशी(७ का ललित गोलेले गुनासो गर्नुभयो । दिउँसो आउने बाँदरको हुलले घरबाटै अन्नपात र मकै लाने गरेको स्थानीयले दुःखेसो पोखेका छन् ।

तराईमा अत्याधिक चिसो र शित लहर हुँदा महोत्तरीको खयरमारा र सर्लाहीको सागरनाथ वन क्षेत्रबाट समेत हुल बाँधेर चुरे पहाड पार गरी बाँदरको हुल सिन्धुलीमा पसेको वन कर्मचारीले बताएका छन् । बाँदरले हैरान बनाएको सिन्धुली गोलञ्जोर २ का वडा अध्यक्ष दौलत कार्कीले गुनासो गर्नुभयो ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : ०० बजे