ट्रिपरले किच्दा एक पुरुषको मृत्यु


१९ पुस २०७९, मंगलबार  

198
Shares

पुष १९
रामेछाप – दोलखाको वैतेश्वर गाउँपालिकामा मंलबार बिहान ट्रिपरले किच्दा एक पुरुषको ज्यान गएको छ ।

मृत्यु हुनेमा वैतश्वर गाउँपालिका वडा नं। १ गैरीमुदीका ३६ वर्षीय बिक्रम तामाङ रहेका छन् । वैतेश्वर गाउँपालिकास्थित जलेश्वर मन्दिरको सिँडी निर्माणको क्रममा खटिएका तामाङलाई बा ३ ख ८८०७ नम्बरको ट्रिपरले किच्दा उनको घटना स्थलमै मृत्यु भएको वैतेश्वर गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष भिम बहादुर तामाङले बताउनुभयो । उनको शव अहिले पोष्टमाट्को गर्न चरिकोट लगीएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ११ : ११ बजे