उत्पादनमा आत्मनिर्भर बनाउन्ने किसानलाई १० हजार अनुदान


२१ पुस २०७९, बिहिबार  

22
Shares

पुष २०,
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान दिन लागिएको बताइएको छ । पालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक सङ्कलन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले बताउनुभयो ।

गोरु पाल्ने र जोत्ने परम्परा हट्दै गएपछि यसको संरक्षण गर्न यस्तो कार्यक्रम अघि बढाएको पन्थीले बताउनुभयो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १० : ०० बजे