रामेछापमा गत वर्ष भन्दा यो वर्ष ५७ मेट्रिक टनले किवी बढी


२१ पुस २०७९, बिहिबार  

52
Shares

पुष २१,
रामेछाप – रामेछापमा यो वर्ष किवी उत्पादन निकै बढेको छ । रोग किराको असर न्यून हुनु, फूल फुल्ने समयमा हावाहुरी कम लाग्नु र पुराना बगैँचा व्यवस्थापन हुँदा यो वर्ष रामेछापमा किवी उत्पादन बढेको देखिएको छ ।

गतवर्ष भन्दा यो वर्ष ५७ मेट्रिक टन बढी किवी फलेको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले बताउनुभयो । रामेछापमा २०४ हेक्टर क्षेत्रफलमा भएको किवी खेती विस्तार भई उत्पादनशील ५७ हेक्टर क्षेत्रफलमा प्रति हेक्टर ८।१ मेट्रिकटन उत्पादकत्व कायम भएर यो वर्ष ४६२ मेट्रिक टन उत्पादन भएको गुरुङले बताउनुभयो । गत वर्ष ४०५ मेट्रिक टन किवी उत्पादन भएको थियो । रामेछापको दोरम्बा(सैलुङ, सुनापति, गोकुलगङ्गा, उमाकुण्डमा किवी खेती भैरहेको छ ।
यता किवीको उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । तर एकै पटक टिपेर बजारमा जाने भएकोले किबीले उचित मूल्य नपाएको ज्ञान केन्द्रकी प्रमुख गुरुङले तर्क गर्नुभयो । फलको गुणस्तरमा ध्यान नदिई किसानहरूmले बढी मूल्य पाउने आशामा पाक्ने समय भन्दा अगाडि नै फल टिप्ने गरेकाले किवी फलमा हुने मिठासमा कमी हुँदा पनि उपभोक्ता किवी किन्न हिचकिचाउने गरेको र किसानहरूm पनि मारमा पर्ने गरेको प्रमुख गुरुङको भनाइ छ ।

बजारमा सोचेजस्तो भाउ नपाएकाले उत्पादित किवीलाई स्थानीय सरकार तथा सरोकारवाला निकायले सुरक्षित भण्डारणको व्यवस्था मिलाएर चैत, वैशाखको समयमा बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने किवी उत्पादक किसानहरूको माग छ । किवी प्रवद्धर्नको लागी आगामी दिनमा फलको टिप्ने अवस्था, फलको सुरक्षित भण्डारण, फलको ग्रेडिङ, प्याकेजिङ तर्फ केन्द्रित कार्यक्रम आवश्यकता रहेको किसानहरूको माग छ ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ७ : ०१ बजे