सार्वजनिक स्थलमा राखिएका सामाग्री हटाउन उमाकुण्ड गाउँपालिकाको निर्देशन,


२१ पुस २०७९, बिहिबार  

70
Shares

पुस २१,
रामेछाप – रामेछापको उमाकुण्ड गाउँपालिकाले सार्वजनिक ठाँउमा राखिएका सामाग्री हटाउने भएको छ ।

सडक छेउमा घर बनाउँदा अनिवार्य नक्सा पास गरेर मात्रै बनाउन पनि पालिकाले आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाले सडकमा सामाग्री राखेर सडक अबरोद्ध गर्ने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने काम भएको भन्दै त्यस्ता काम तत्काल बन्द गर्न ३ दिनको अल्टिमेटम दिएको हो । गुम्देल १ देखि वडा नं ७ भूजीसम्म रहेका सडक लगायत सार्वजनिक स्थलमा निजी प्रयोजनका लागि विभिन्न सामाग्री राखी सडक बिगार्ने र सार्वजनिक सम्पत्तिको नोक्सानी गर्ने कार्य भएको भन्दै सूचना जारी भएको मितिले ३ दिन भित्र सम्पूर्ण सामाग्रीहरू हटाउन गाँउपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १० : ०० बजे