रामेछापको मन्थलीमा भैरहेको नेकोस वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार हुने


६ माघ २०७९, शुक्रबार  

52
Shares

माघ ६
रामेछाप – रामेछापको मन्थलीमा जारी बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा क्वाटरफाइनल र सेमिफाइनल खेल सकिएको छ । शुक्रवार भएको क्वाटरफाइनल खेलमा रामेछाप, सिन्धुपाल्चोक, चितवन, धादिङ विजयी भएका छन् ।

शुक्रवार भएको क्वाटरफाइन खेलमा सिन्धुली र सिन्धुपाल्चोक बिचको खेल सिन्धुपाल्चोकले जितेको छ । चितवन र काभ्रे बिचको खेल चितवनलेले जितेको छ । दोलखा र धादिङ बिचको खेल धादिङले जितेको छ । शुक्रवार भएको क्वाटर फाइनलको अन्तिम खेलमा रामेछाप र मकनपुर बिचको खेल रामेछापले जितेको हो । शुक्रवार भएको सेमिफाइनको पहिलो खेलमा सिन्धुली र चितवन बिचको खेल चितवनले जित्दै फाइनलमा पुगेको छ । भने धादिङ र रामेछाप बिचको खेलमा रामेछाप विजयी हुदै फाइनलमा पुगेको छ ।

शनिवार बिहान तेस्रो स्थानको लागि सिन्धुपाल्चोक र धादिङबिच खेल हुने छ । चितवन र रामेछाप बिचको फाइनल खेल मध्यान १२ बजे हुने तालिका रहेको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले जनाएको छ।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : ०६ बजे