नेकोस वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनलाई


७ माघ २०७९, शनिबार  

42
Shares

माघ ७,
रामेछाप – वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा आयोजक रामेछापलाई ३-० को सेटमा हराउदै चितवन विजयी भएको हो । यसैबिच प्रतियोगितामा तेस्रो स्थानमा सिन्धुपाल्चोक र धादिङ चौथो भएको छ । प्रतियोगिताको विजेता चितवनले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा वाग्मती प्रदेशका ११ वटा टिमको सहभागिता थियो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ४ : ४० बजे