रामेछापको भुजीमा बोलेरो पल्टिँदा चालकको घटना स्थलमै ज्यान गयो


७ माघ २०७९, शनिबार  

60
Shares

माघ ७,
रामेछाप – रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीमा बोलेरो दुर्घटना हुँदा चालकको घटना स्थलमा नै मृत्यु भएको छ ।

बा ११ च ५९३५ नम्बरको सिङल क्याप बोलेरो शनिबार दिउँसो भूजीबाट सिरिसे जानेक्रममा रुनासामुदायिक बननजिकै अनियन्त्रित भई बोलेरो सडकबाट ५० मिटर तल खस्दा बोलेरो चालक ओखलढुङ्गा ज्यामिरेका ३५ वर्षीय नारायण बहादुर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको  छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ५ : ०० बजे