मन्थली नगरपालिकाको सालुमा एकीकृत घुम्ती शिविर, स्थानीयले लिए विभिन्न सेवा


१० माघ २०७९, मंगलबार  

6
Shares

माघ १०
नबराज पथिक,
रामेछाप – रामेछापको मन्थली नगरपालिकाले वडा नं ४ सालुमा एकीकृत घुम्ती शिविर आयोजना गरेको छ ।
मन्थली नगरपालिकाले गाउँमा नै सेवा प्रवाह गर्ने उद्देश्यले शिविर आयोजना गरिएको नगरपालिकाको महाशाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिनुभयो ।


शिविरमा २ सय १६ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख केश फुयाँलले जनकारी दिनुभयो । जसमा १ सय १७ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो । त्यस्तै १ सय ७ जनाको आँखा परीक्षण र १९ जनाको बाथ रोगको उपचार गरिएको उहाँले बताउनुभयो । बिरामीको परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा २ सय बढीलाई बिउ विजन वितरण गरिएको थियो । त्यस्तै ७५ भन्दा बढीको माटोको नमुना परीक्षण गरिएको कृषि शाखा प्रमुख यौवनकुमार सुनुवारले जानकारी दिनुभयो । यसै गरी १५ सय बढी पशुपन्छीलाई उपचार सेवा प्रदान गरिएको पशु विकास शाखाका प्रमुख मुकुन्द खड्काले जानकारी दिनुभयो । सो शिविरमा ५० बढी कुकुरलाई एण्टिरेविज भ्याक्सिन लगाइएको थियो ।


शिविरमा अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचय पत्र, सुरक्षित आप्रवासनको परामर्श लगायतका सेवा प्रदान गरिएको थियो ।
शिविरमा नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, मन्थली नगरपालिकाको महाशाखा प्रमुख हेमन्त बुढाथोकी, वडा नं ४ का वडाध्यक्ष राजन घिमिरे, वडा नं १ का वडाध्यक्ष होमप्रसाद पौडेल, वडा नं ३ का वडाध्यक्ष गोपालकृष्ण थापा, वडा नं ५ का वडाध्यक्ष रवीन कार्की, वडा नं ७ का वडाध्यक्ष भुवनहरि प्रसाईँ, वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठ, वडा नं १३ का वडाध्यक्ष नवराज थापा मगर, मन्थली नगरपालिका युवा परिषद्का उपाध्यक्ष पुष्कर भट्टराई, विभिन्न विषयगत शाखाका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ८ : २५ बजे