नेपाल बुद्धिचाल संघ रामेछापको संयोजकमा सौजन्यप्रसाद सत्याल


१६ माघ २०७९, सोमबार  

16
Shares

माघ १६

राजन महतारा

रामेछाप – नेपाल बुद्धिचाल संघ रामेछापको संयोजकमा सौजन्यप्रसाद सत्याल चयन हुनुभएको छ । नेपाल बुद्धिचाल महासंघले सत्यालको नेतृत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा हरीवंश कडरीया,बिमल सुवेदी,समाल कार्की,युवराज सुवेदी,केदार थापा,करुणा थापा मगर र प्रताप घिसिङ रहेका छन् ।

समितिलाई फाल्गुन ७ गते भित्र संघको साधारण सभा र निर्वाचन सम्पन्न गर्नका लागी समय दिइएको छ । रामेछाप जिल्ला भित्र बुद्धिचाल खेलको विकास तथा विस्तार गर्ने उदेश्यले केन्द्रीय अध्यक्ष विदुरप्रसाद गौतमको सयोजकत्वमा समिति चयन गरिएकोे हो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ३३ बजे