२०७९ को प्रेस चौतारी नेपाल रामेछाप विशेष पत्रकारिता पुरस्कार युनिक विफा घिसिङलाई


२२ माघ २०७९, आइतबार  

14
Shares

निरोज कुमार थापा
माघ २२
रामेछाप – प्रेस चौतारी नेपाल रामेछापले हरेक वर्ष प्रदान गर्दै आएको प्रेस चौतारी नेपाल विशेष पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार युनिक विफा घिसिङलाई प्रदान गरिएको छ ।

प्रेस चौतारी नेपालको संस्थागत विकास र पत्रकारिताको क्षेत्रमा सहयोग पुर्‍याउने एक जनालाई हरेक वर्ष स्थापना दिवसको अवसर पारेर यो पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष प्रेस चौतारी नेपाल रामेछापका पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य घिसिङलाई उक्त पुरस्कार प्रदान गरिएको हो । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल रामेछापद्वारा आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले घिसिङलाई नगद ५ हजार, दोसल्ला र सम्मान पत्रसहित सम्मान गगरेका हुन् । पुरस्कार छनोट समितिले घिसिङलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : ४१ बजे