माथिल्लो निकायको आदेश मान्दैन हुलाक हाकीम


१ फाल्गुन २०७९, सोमबार  

18
Shares

निरज श्रेष्ठ
फागुन १
रामेछाप – सेवाग्राहीको सहजताका लागि रेडियो र अनलाइन सञ्चार मध्यम नविकरणको अधिकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले हुलाक कार्यालयलाई दिएको छ । तर जिल्ला हुलाक कार्यालय रामेछापले भने सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको छ ।
जिल्ला हुलाक कार्यालयले दिने समान्य सेवाको बारेमा समेत जानकारी नरहेको पाइएको छ जिल्ला हुलाक कार्यालय रामेछापकी प्रमुख साननानी अधिकारीलाई । आइतबार अनलाइनको प्रमाणपत्रमा नविकरण जनाउन जिल्ला हुलाक कार्यालय रामेछाप पुगेका हाम्रो अनलाइन न्यूजका सञ्चालक निरज श्रेष्ठलाई जिल्ला हुलाक कार्यालय रामेछापकी प्रमुख साननानी अधिकारीले अनलाइन सञ्चार मध्ययम नविकरण गर्ने अधिकार हुलाकलाई नभएको भन्दै फर्काइ दिइन । श्रेष्ठलाई फर्काइएको मात्र होइन, अनलाइन सञ्चार माध्ययम नविकरण गर्न जिल्ला हुलाक कार्यालयलाई कुनै परिपत्र र कार्यविधि नभएको समेत अधिकारीले बताइन । कार्यालय प्रमुखले अनलाइन सञ्चार मध्यम नविकरण गर्ने कार्यविधि नै भएको बताएपछि हाम्रो अनलाइन न्यूजका सञ्चालक श्रेष्ठ सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चार माध्यम नविकरण सम्बन्धि हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयहरुको नाममा जारी गरेको पत्रसहित पुनः हुलाक कार्यालय पुगेका थिए । हुलाक कार्यालयलाई अनलाइन सञ्चार मध्ययम नविकरण गर्ने अधिकार छ । भन्ने यसअघि थाहा नभएको भन्दै पत्र हेरपछि अधिकार भएको कुरा स्वीकार गरिन तर नविकरण गर्न भने पुनः अस्वीकार गरिन् ।

सूचना तथा प्रसारण विभागले २०७८ साल भदौ २१ गते हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयहरुलाई संवोधन गरी प्रमाणपत्र नविकरण गर्ने सम्बधमा जारी गरेको पत्रमा विभागबाट स्वीकृत भएको निवेदन लिई अनलाइन सञ्चार माध्यम दर्ता प्रमाणपत्रमा अधिकृतस्तरको कर्मचारी वा कार्यालय प्रमुख बाट नविकरण जनाइदिनु भन्ने स्पष्ट उल्लेख छ । आवश्यक कागजात लिएर जाँदा पनि नविकरण जनाउन अस्वीकार गरेर अनावश्यक दुःख दिएको हाम्रो अनलाइन न्यूजका सञ्चालक श्रेष्ठले बताए । सूचना तथा प्रसारण विभागतबाट स्वीकृत भएको निवेदन विभागबाटै जिल्ला हुलाक कार्यालयको इमेलमा पठाउँदा समेत जिल्ला हुलाक कार्यालयकी प्रमुख साननानी अधिकारीले हुलाकबाट नविकरण जनाउन नमिल्ने भन्दै फिर्ता पठाएको श्रेष्ठले बताए । विभागबाट स्वीकृत भएको निवेदन सहित आउँदा अनलाइनको प्रमाण पत्रमा नविकरण नजनाइदिनु कार्यालयको कमजोरी भएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए ।

कार्यालयको कमजोरीका कारण सेवाग्राहीले दुःख पाउन नहुने भन्दै आगामी दिनमा यस्ता कमजोरी हुन नदिन कार्यालयलाई सचेत गराउने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । सञ्चार माध्यमको तालुकदार अड्डाको रुपमा रहेको हुलाक कार्यालयले दिने सामान्य सेवाको बारेमा समेत कार्यालय प्रमुखलाई जानकारी नहुनु जिल्लाकै लागि लज्जाको विषय भएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ४ : २९ बजे