कसरी सुरुवात भएको हो भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस्


२ फाल्गुन २०७९, मंगलबार  

90
Shares

फागुन २,
आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस् । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।

१४ फेब्रुअरीको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । भ्यालेन्टाइन्स डेको औपचारिक सुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचनाबाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले यस्तो बन्देज लगाएका थिए । तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराएका थिए । यसकारण सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय समेत सुनाएर जेलमा राखेका थिए ।

उनलाई सन् २६९ को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर प्रत्येक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स् डे मनाउने गरिएको हो ।

 

 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : ४२ बजे