रामेछाप नगर राष्ट्रपति रनिङ शिल्डमा १३ बिद्यालय सहभागि


५ फाल्गुन २०७९, शुक्रबार  

18
Shares

बद्री नयांघरे
फागुन- ५
रामेछाप – रामेछाप नगरपालिका रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट रामेछाप बजारमा सुरु भएको छ । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकाले आरम्भ गरेको खेलको उद्घाटन् प्रदेश सांसद तारानारायण श्रेष्ठले एक समारोहका वीच गर्नु भएको हो ।


आफनो उद्घाटन् मन्त्ब्यका क्रममा सांसद श्रेष्ठले नगरको खेल र खेलाडीहरुको विकासका लागी आफु जुनसुकै सहयोग गर्न पनि पछि नपर्ने बताउनुभयो । सिल्डले ,विद्यार्थिहरुमा खेलप्रतीको हौसलासँगै उनिहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउने भन्दै यसका लागि नगरले संचालन गरेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने पनि बताउनुभयो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले खेलकुद गतिविधिलाई विद्यार्थि हरुमा स्वस्थ प्रतिस्पर्धाको भावना जाग्नुका साथै यसले स्वास्थ्य जिवन जिउन समेत सिकाउने बताउनु भयो । जसका कारण नगर भित्र रहेका विद्यालयका विद्यार्थिहरुमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढाउनुका साथै अनुशासित र मर्यादित बनाउन पनि सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाकि उप प्रमुख बाल कुमारी कार्किले प्रतियागिताले विद्यार्थीहरुको क्षमता पहिचान गर्न सहयोग पुग्नुभएका साथै उनिहरुको वृद्धि विकासमा पनि सहयोग पुग्ने भन्दै सोहि अभियान लाई सार्थक बनाउन हरेक बर्ष नगरले संचालन गरेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।
शुक्रबार,शनिबार र आईतबार गरि ३ दिन सम्म संचालन हुने रामेछाप नगरपालिका भरीका १३ वटै माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थानिय टुँडिखेल मैदानमा भईरहेको छ । प्रतियोगितामा विद्यालयले भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका एक दर्जन खेलहरु खेलाईने छ । विजयी खेलाडी र विद्यालयहरुका लागि सिल्ड मेडल प्रमाण पत्र र नगद पुरस्कार समेत प्रदान गरिने नगर शिक्षा समितिका प्रमुख नमराज प्रसाद बडुले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : २६ बजे