प्रथम मन्थली नगर कपको बिजेता मन्थली – १


९ फाल्गुन २०७९, मंगलबार  

0
Shares

फागुन – ९
रामेछाप – आइताबार देखि भई रहेको प्रथम मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं १ ले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मन्थली नगरपालिका वडा नं १४ लाई हराउँदै मन्थली १ ले जितेको हो । वडा नम्बर १ ले वडा नम्बर १४ लाई २५–२१, २५–२२ र २५–१७ को सोझो सेटले हराएको हो ।
प्रतियोगितामा वडा नं १४ फुलासी द्वितिय, वडा नं ६ भटौली तृतिय र वडा नं ४ सालु सान्त्वना भएका छन् । प्रथम, द्वितिय र तृतिय हुने क्रमश टिमहरुले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद रु १ लाख, ७५ हजार, ५० हजार प्राप्त गरेका छन् । भने सान्त्वना हुनेले ३० हजार नगद सहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।
नगर प्रमुख लव श्रेष्ठले प्रथम नगर कपमा सबै वडाबाट उत्सहापूर्ण रुपमा सहभागिता रहेको बताउँदै आगामी दिनमा पनि सबै वडाहरुले खेललाई प्राथमिकतामा राखेर खेलकुदको माध्यमबाट मन्थली नगरलाई चिनाउन पर्ने बताउनु भयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ३४ बजे