गति मिलेन भने पार्टी चल्दैन : शान्तिप्रसाद पौडेल


२१ फाल्गुन २०७९, आइतबार  

16
Shares

नबराज पथिक
फागुन – १९
रामेछाप – नेकपा एमालेका वाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले नेकपा एमालेको मिसन ग्रासरुट अभियानले सबै नेता कार्यकर्ताको गुनासा सम्बोधन गर्ने बताउनुभएको छ । नेकपा एमाले रामेछाप नगर कमिटीले शुक्रबार आयोजना गरेको मिसन ग्रासरुट अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले गति मिलेन भने पार्टी नचल्ने बताउनुभयो । हाम्रो गति मिलेको छैन, त्यसको लागि पार्टीका धेरै कमिटीलाई पुनर्गठन गर्न आवश्यक छ, यो काम यही अभियानमा हुन्छ  । माथिल्लो कमिटीमा बस्ने तर तलका कमिटीलाई सहयोग नगर्ने गुनासो बढेको उहाँले बताउनुभयो । यसले कमिटीगत समस्या देखिएको पौडेलले बताउनुभयो । पार्टीका सबै नेता कार्यकर्ताको मिसन एउटै हुनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसो भयो भने मात्र पार्टी संगठन सोचे जस्तो गरी अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । पौडेलले पार्टीलाई गति दिन जो जहाँ छ । त्यहीँको जिम्मेवारी लिनु पर्ने बताउनुभयो । बस्ने एकातिर, जिम्मेवारी अर्को तिर लिएर पार्टी नचल्ने उहाँले प्रष्ट पार्नुभयो । ‘यसो भएर संगठन सञ्चालनमा समस्या देखिएको छ । उहाँले भन्नुभयो । तलका नागरिकका ९० प्रतिशत काम वडाध्यक्ष मार्फत हुने पौडेलले बताउनुभयो । पालिका प्रमुख मार्फत नागरिकका सत प्रतिशत समस्या समाधान हुने उहाँले प्रष्ट पार्नुभयो । त्यसैले स्थानीय सरकारको महत्त्व बुझेर काम गर्न उहाँले आग्रह गर्नुभयो । त्यसैले वडा र पालिकाको कमिटीलाई नै बलियो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । वडा बलिया नबनाई माथि गएर काम छैन् । उहाँले भन्नुभयो । पौडेलले पार्टीको जो जुन कमिटीको जिम्मेवारीमा छ चुनाव लड्दा पनि त्यहीँको जिम्मेवारी खोज्ने गरी विधि बनाउनु पर्ने बताउनुभयो । केन्द्रीय सदस्यले संघीय सांसदको टिकट खोज्नु, प्रदेश कमिटीमा बस्नेतले प्रदेश सभाकै टिकट खोज्नु, पालिका र वडा कमिटीमा बस्नेले पनि पालिका र वडाकोकै टिकट खोज्नु, त्यसो भयो भने राजनीतिक सन्तुलन मिल्छ, पार्टीमा केन्द्रीय सदस्य खोज्ने, चुनाव पालिकाम लड्न आउने, त्यो मिलेको छैन पौडेलले भन्नुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : २८ बजे