मन्थलीको स्ववियू निर्वाचनःअनेरास्ववियूबाट अध्यक्षको उम्मेदवार भट्टराईः नेविसंघ अखिल क्रान्तिकारी र अनेरास्ववियू को गठबन्धनबाट अभिनाश कार्की अध्यक्षको उम्मेदवार


२७ फाल्गुन २०७९, शनिबार  

68
Shares

फागुन २७

मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले उम्मेदवारी दर्ता गराएको छ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अनेरास्ववियूले पुस्कर भट्टराईलाई अध्यक्षको उम्मेदवार बनाएको छ । भट्टराईको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराइएको मन्थली क्याम्पस कमिटीका अध्यक्ष सुशिल थापाले जानकारी दिए । उनका अनुसार अखिलका उम्मेदवारहरुमा अध्यक्षमा भट्टराईसहित सचिवमा सुशिल थापा र कोषाध्यक्षमा बिनिता श्रेष्ठ रहेका छन् । सदस्यहरुमा अनिल श्रेष्ठ, अनिषा घिमिरे, रविना श्रेष्ठ, सुदिप कार्की र शोमहरी घिमिरे रहेका छन् । अखिलले प्रत्यक्षमा उल्लेखित उम्मेदवारसहित समानुपातिकका लागि १० जनाको बन्दसूची पनि दर्ता गराएको छ ।

यसैबिच अर्कोतर्फ नेविसंघ, अखिल क्रान्तिकारी र नेकपा एसको अनेरास्ववियूले गठबन्धन गरेर नेविसंघका अविनाश कार्कीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । कार्कीको नेतृत्वमा सचिवमा अविनाश कार्की र कोषाध्यक्षमा कविता खरेल रहेका छन् । सदस्यहरुमा अनोज भुजेल,मनिषा काफ्ले,युवराज बुढाथोकी,विनोद कुमार माझी र विनिता माझी रहेका छन् ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १२ : ३१ बजे