ढुङ्गेल भन्दा : थापामगर १३२ मतले अगाडि


२८ फाल्गुन २०७९, आइतबार  

8
Shares

फागुन २८
रामेछाप – रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नवीन थापा मगरको प्यानलै विजयी भएको छ । शनिबार भएको मतदानमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको नवीन थापा मगरको टिम नै विजयी निर्वाचित भएको हो । जसमा अध्यक्षमा निर्वाचित थापामगरले कूल ६७१ मत पाएर निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्वी एमाले निकट व्यवसायी नवराज ढुङ्गेलले ५३९ मत पाउनुभएको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा ६४१ मत सहित प्रकाश कुमार श्रेष्ठ निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्वी सुमिका श्रेष्ठले ५६२ मत पाउनुभएको छ । त्यस्तै वाणिज्य उपाध्यक्षमा राम सुदिश साह ६५५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उद्योग उपाध्यक्षमा आकाश रिजाल, महासचिवमा कुमार श्रेष्ठ,सचिवमा गठबन्धनकै यज्ञप्रसास सुवेदी,कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम), आजिवान सदस्यमा प्रमोदकुमार श्रेष्ठ, महिला सदस्यमा जया विजयी हुनुभएको छ । भने खुल्ला सदस्यमा पनि गठबन्धनकै अर्विनकुमार श्रेष्ठ,राजु श्रेष्ठ, वासुदेव फुयाँल, श्यामकुमार श्रेष्ठ र हरेराम क्षेत्री निर्वाचित भएका छन् ।

संघको आठौँ जिल्ला अधिवेशन एवं निर्वाचनमा कूल १३ सय ८७ मतमा कूल १२ सय ५३ मत खसेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  २ : १६ बजे